सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालमा १४९७ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप

काठमाडौँ । पहिलो चरणमा देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ८४ हजार ८ सय ५७ जनालाई खोप दिइएको छ । माघ १४ गते सुरू भएको भएको खोप अभियानअन्तर्गत स्वास्थ्यकर्मीसहित कोरोना महामारी नियन्त्रण गर्न फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई दिइएको थियो । अब दोस्रो चरणको कोरोना विरुद्ध को खोप अभियान शुरु भएको छ । यस अन्तरगत स्थानीय तहमा पनि खोप अभियान शुरु भएको छ ।


काभ्रेको तेमाल गाउँपालिकामा पनि कोरोना विरुद्धको अभियान शुरु भैइसकेको छ । वडा नं. ८ बाट यो अभियान शुरु गरेको तेमाल गाउँपालिकाको स्वास्थ्य इन्चार्ज शिवहरी पाठकले सारा खबरलाई जानकारी दिएको छ । उहाँले दिएको जानकारी अनुसार पहिलो दिन वडा नं. ८ मा ११९ जनाले खोप लगाएका छन् भने तेमाल गाउँपालिका भरीमा १४९७ जना जेष्ठ नागरिकले कोरोना विरुद्ध को खोप लगाउन पाउने छ ।


गाउँपालिका अध्यक्ष सलाम सिं तामाङको सबैमा अनुरोध


तेमाल गाउँपालिकोको अध्यक्ष सलाम सिं तामाङले कोरोना विरुद्धको खोप लगाउने अभियानको उद्घाटन गर्दै सम्पुर्ण जेष्ठ नागरिकहरुलाई यो खोप लगाउन अनुरोध गर्नु भएको छ । उहाँले नेपाल सरकारले दिएको सुविधाबाट कोहि पनि बन्चित हुन नपरोस् भनेर सम्पुर्ण वडाका वडाध्यक्षहरुलाई सहयोगका लागि अपिल पनि गरेका छन् ।

सरकारले दोस्रो चरणको खोप अभियानमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेको छ ।

कार्यक्रममा वडा नं ८ का अध्यक्ष लक्ष्मी बहादुर घिसिङ, स्वास्थ्य चौकीका इन्चार्ज सुजन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


सोमबार वडा नं. ९ मा यो अभियानले निरन्तरता पाउने स्वास्थ्य विभाग प्रमुख पाठकले जानकारी दिए ।

यसैगरी रोशी गाउँपालिका अध्यक्ष डीबी लामाले ६५ बर्ष माथिका सबै जेष्ठ नागरिकलाई फागुन २३ गतेबाट हुने कोरोना बिरुद्धको खोप अभियानमा सहभागिता जनाउन आह्वान गर्नुभएको छ । कोभिड १९, रोग विरुद्धको खोप अभियानको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम उहाँले ढुक्कसँग खोप लगाउन आह्वान गर्नुभयो ।

उक्त अभिमुखीकरण कार्यक्रममा कोभिड–१९ रोगकोे परिचय, अवस्था र यसको रोकथाम तथा नियन्त्रण ,खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया, संचालन हुने क्रियाकलापहरू, खोप समन्वय समितिको भूमिका, स्थानिय श्रोत परिचालन र जिम्मेवारीबारे छलफल भएको स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल लगायतको सहभागिता रहेको थियो ।

रोशी गाउँपालिकाले २०७५ सालमा गरेको सर्भे अनुसार ६५ बर्ष माथिका जेष्ठ नागरिकको वडा अनुसारको संख्यास्

वडा नं लाभान्वित हुने संख्या खोप संचालन हुने केन्द्र फागुन
१. २८२ रोशी अस्थायी अस्पताल खहरेपाँगु २३ गते
२. १५२ रोशी अस्थायी अस्पताल खहरेपाँगु २३ गते
३. २२३ रोशी अस्थायी अस्पताल खहरेपाँगु २३ गते
४. १३८ महादेवटार स्वास्थ्य चौकी २४ गते
५. १७२ सिसाखानी स्वास्थ्य चौकी २५ गते
६. १९८ सिपाली स्वास्थ्य चौकी २६ गते
७. १६० कटुन्जे स्वास्थ्य चौकी २७ गते
८. १४३ कटुन्जे स्वास्थ्य चौकी २७ गते
९. ३४८ मंगलटार स्वास्थ्य चौकी २८ गते
१०. १९५ मंगलटार स्वास्थ्य चौकी २८ गते
११. २४१ भीमखोरी स्वास्थ्य चौकी २९ गते
१२. १२६ भीमखोरी स्वास्थ्य चौकी २९ गते

भर्खरै

सम्बन्धित खबर

Language »