सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल कपको सोमबार सम्मको अपडेट

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारबाट तेमाल ७ चापाखोरीमा सुरु भएको गाउँपालिका स्तरीय अन्तर वडाव्यापी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो दिन ८ वटा टिम आमनेसामने भएका छन् ।

वडा नं.६ र ८ को टिम, वडा नं. २ र ५ को टिम,वडा नं.३ र ७ को टिम र वडा नं.५ र ९ को टिम प्रतिस्पर्धामा उत्रिएका थिए । यी ४ वटा खेलमा वडा नं. ८,५,७ र ९ को टिमले जित दर्ता गराएका छन् । वडा नं.६ र ८ को टिमबीच भएको खेल वडा नं. ८ को टिमले ०–१ गोल अन्तरले आफ्नो पक्षमा पार्यो । वडा नं.२ र ५ को टिमबीचको भिडन्तमा २ नं. वडाको टिम कुनै गोल गर्न नसकि घर फर्किएको छ भने उसका विरुद्ध वडा नं.५ ले २ गोल गर्यो । त्यस्तै वडा नं.३ र ७ को टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । यो खेलमा वडा नं.३ को टिमले २ गोल गर्यो भने यसको जवाफ वडा नं.७ को टिमले ३ गोल गरेर दियो । वडा नं. ५ र वडा नं.९ को टिमबीचको खेल पनि २ का विरुद्ध ३ गोलले नै टुंगो लागेको छ ।

सोमबारसम्ममा वडा नं. ७ र ९ ले दुई खेल खेलेका छन् । आईतबारको खेलमा वडा नं. ७ को भेट वडा नं.१ को टिमसँग भएकोमा खेल उसले १ का विरुद्ध ३ गोलले जितेको थियो । साथै वडा नं.९ र वडा नं. ४ को टिमबीचको आईतबारको खेलमा वडा नं. ९ को टिमले ४ गोल गरेर खेल आफ्नो पोल्टामा पारेको थियो । यसको जवाफमा वडा नं.४ को टिमले दिएको १ गोलको जवाफ उसका लागि कमजोर सावित भएको थियो ।

सोनाम ल्होछारको पूर्व सन्ध्यामा आयोजित प्रतियोगिताको संविधानसभा सदस्य तिर्थ लामाले उद्घाटन गर्नुभएको थियो भने उहाँकै प्रमुख आतिथ्यतामा मंगलबार समापन गर्ने तयारी भईरहेको पालिका उपाध्यक्ष एवं खेलकूद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“प्रतियोगिताको अन्तिम दिनको खेलहरु विहान ८ बजेनै थाल्छौं,विजेताहरुलाई स–सम्मान पुरस्कारका साथ दिउँसो १ बजे समापन गर्ने हाम्रो तयारी छ ।” प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख रुपैयाँ,दोस्रो हुने टिमले १ लाख ५० हजार रुपैयाँ,तेस्रो हुने टिमले १ लाख रुपैयाँ र सान्त्वना प्राप्त टिमले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सबै भन्दा बढी गोल गर्ने खेलाडीले जनही नगद ५/५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका पुरस्कृत सबै टिम र खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा पनि सम्मान गरिने समिति अध्यक्ष तामाङले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »