सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गां. पां.ठुलाे पर्सेलमा वडा अध्यक्षकाे आफ्नै पहलमा स्यानिटाइजर र माक्स वितरण

काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठुलाे पर्सेलकाे वडा अध्यक्ष विकुलाल माेक्तान र अन्य स्थानीय युवाहरूकाे विशेष सक्रियतामा करिब ३० स्थानमा हात धुने साबुन, धारा सहितकाे वाल्टिन, ५० वटा स्यानिटाइजर र ४०० वटा माक्स वडामा वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

यत्तिबेला नेपालमा मात्र हाेइन विश्वमा नै काेराेना भाइरसबाट बाँच्नका लागि करिब २ अर्ब जनसङ्ख्या क्वारेन्टाइनका बसेका छन् । नेपालले पनि लकडाउन घाेषणा गरेकाे ८ दिन भैसकेकाे छ । नेपाल सरकारले काेराेना भाइरससँग युद्ध जित्नका लागि स्थानीय तह, प्रदेश सरकार र संघिय सरकार सबैलाई सचेतना र सकेकाे सामाजिक सचेतना जगाउनका लागि सेल्फ क्वारेन्टाइनमा बस्ने कार्यक्रम सपन्न गराउन अनुराेध गरिरहेकाे छ।

यसकाे साथमा तेमाल गाउँपालिकाले विपद् व्यवस्थापनका लागि भनेर १९ लाख बजेट खर्च गर्ने भनेर निर्णय गरेकाे भएता पनि स्थानीय जनताले माक्स, स्यानिटाइजर, तेमाल गाउँपालिकाकाे कुनै वडामा उपलब्ध नभएकाे भन्ने गुनासोहरू आइरहेकाे छ ।

ठुलाे पर्सेलका वडा अध्यक्ष विकु लाल माेक्तान तामाङको व्यक्तिगत पहलमा र स्थानीय युवाहरूकाे साथ र सहयाेगम ठुलाे पर्सेलका जनताहरूलाई काेराेना भाइरसबाट बचाउनका लागि प्रत्येक सार्वजनिक स्थल तथा पसलहरूमा ३० स्थान भन्दा धेरै स्थानमा धारा सहितको बाल्टिनकाे धारा स्थापना गरी हातधुने साबुन र स्यानिटाइजर राखेर काेराेना भाइरस विरूद्ध लड्नका लागि जनतामा हाैसला प्रदान गरेकाे छ ।

ठुलाे पर्सेलकाे पुष्पे कफिसप सँगै रहेकाे मेडिकल पसल, ठुलाे पर्सेल बस पार्क, कुन्छाङ दक्षिण गुम्बा, ठुलाे पर्सेल स्वास्थ्य चाैकी, पन्चकन्या स्कुलसँगै जाेडेकाे पसल, समिन रूख सँगै रहेकाे पसल, पुर्खाङ डाँडा, पाकुवाल प्रेम तामाङकाे पसल, रत्न मगरकाे पसल, माहङ्काल विद्यालयसँगं जाेडेकाे पसल, सिंगटीमा दावाकाे पसल, धर्म सिं तामाङकाे पसल, छापमा सत्यमान घिसिङकाे पसल, काेल्ताेङ ङेमाकाे पसल, माझीकाे पसल, दलित समुदाय आदि स्थानमा वाल्टिनमा धारा जडान गरि पानी, हात धुने साबुन र स्यानिटाइजरकाे व्यवस्था गरेकाे छ । अब ति स्थानमा ठुलाे पर्सेलका बासिन्दा वा ठुलाे पर्सेल पुगेका जाे कसैले पनि हात धुनका लागि चिन्ता लिनु पर्दैन ।

विहान देखि साँझसम्ममा ४०० वटा माक्स वितरण गरिसकेकाे र अझै माग रहेकाे अभियान्ता तथा वडा अध्यक्ष विकुलाला तामाङ माेक्तानले सारा खबरलाई जानकारी दिनुभयाे ।

काेराेना भाइरस सम्बन्धी माइकिङ गरेर जानकारी दिँदै नारायण स्थान पुग्दा नारायण स्थान प्रहरी चाैकीमा पनि हात धुने साबुन, स्यानिटाइजर र धारा सहितकाे वाल्टिन एक सेट हस्तान्तरण गरेकाे उहाँले बताउनु भयाे ।

प्रहरी चाैकिमा कार्यरत प्रहरीलाई गाउँपालिकाले हात धुने साबुन, स्यानिटाइजर व्यवस्थापन नगरेकाे अभियान्तामा सहभागी एकले साराखबरलाई नाम नखुलाउने सर्तमा जानकारी दिनुभयाे । यसबाट तेमाल गाउँपालिका वडा नं. ५ नाराणस्थानले काेराेना भाइरस सम्बन्धी वडाकाे चासाे त्यत्ति प्रभावकारी नभएकाे स्पष्ट बुझिन्छ । यसैगरी वडा नं. १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठकाे पहलमा काेराेना भाइरस सम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न भएकाे थियाे भने वडा नं.९ मेच्छेपाैवा चाेपटारमा पत्रकार तथा मिसन समृद्ध नेपालका अध्यक्ष सुदिन लामा दाेङकाे पहलमा जनतालाई काेराेना भाइरसबारेमा विभिन्न कार्यक्रमकाे माध्यमबाट बुझाइ रहेका छन् ।

यत्ति बेला प्रदशे सरकारकाे सहयाेगमा स्थानीय तहमा काेराेणा भाइरसलाई उन्मूलन गर्नका लागि १० लाख बजेट छुट्टाएकाे छ तर तेमाल गाउँपालिकाले विपद व्यवस्थापन सम्बन्धी अथवा काेराेना भाइरस उन्मूलनका लागि भनेर छुट्टाएकाे बजेटले के गर्याे त ? तेमाल बासीले प्रश्न उठाउने समय आएकाे छ । याे विपतिकाे बेलामा गाउँपालिकाले प्रभावित कार्यक्रम ल्याउन नसकेकाे स्थानीयकाे आराेप छ ।

भर्खरै

सम्बन्धित खबर

Language »