सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकाकाे बजेट ४८ करोड ८८ लाख ५३ हजार ७ सय ७२, सर्वसहमतीमा पास,

काठमाडौँ । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न भएको छ ।

असार १० गते प्रस्तुत हुनुपर्ने नीति तथा कार्यक्रम गाउँपलिकाको प्राविधिक पक्षहरु नमिलेको कारणले असार १२ गते शुक्रबार नीति तथा कार्यक्रम र बजेट विनियोजन सर्वसहमतीमा पास गरी गाउँसभा सम्पन्न भएको हो । बागमती प्रदेशको अन्य गाउँपालिका र नगरपालिकाको गाउँसभा १० गते नै सम्पन्न भएको थियो ।

तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले नीति तथा कार्यक्रम प्रस्तु गरिरहदा तेमाल गाउँपालिकालाई कोरोना भाइरस रहित तेमालको पहिचान स्थापीत गर्ने प्रतिवद्वता गर्नु भएको थियो ।

शुक्रबार भएको गाउँसभामा “रोकौ महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वरोजगार” भन्ने मुल नाराका साथ ४९ करोड ५६ लाख ६६ हजार ७ सय ७२ अनुमानित खर्च हुने बजेट उप प्रमुख दुर्गामाया तामाङले प्रस्तुत गरेको थियो ।


सभाका अध्यक्ष सलाम सिं तमाङले सुशासन, विकास र एकतामा जोड दिदै तेमालको समग्र संस्कृति, सम्पदा र बैदिक परम्पराका गहन कलाको जगेर्ना गरी शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकास मार्फत आन्तरिक र बाहय पर्यटकिय गन्तव्इको रुपमा चिनाउन निरन्तर लागि रहेको बताउनु भएको थियो भने तामाङ राजा ह्रिन्जेन दोर्जेबाट स्वशासित, गुरु रिम्पोछे पद्यसंभवको तप, त्याग र निष्ठाको उर्जाले वेष्ठित पुण्यभूमीलाई बातारवरण मैत्री र हरियाली भूस्वर्गको रुपमा चिनाउनु तेमालका सम्पुर्ण जनतामा दायित्व र कर्तव्य बोध हुनु पर्ने साथै समृद्व तेमाल निर्माण गर्न दिगो विकास एवं समृद्वि बाहेक अन्य कुनै योजना, कार्यक्रम र क्रियाकलापको विकल्प नभएको बताउनु भएको छ ।


अध्यक्ष सलाम सिं तमाङले प्रस्तुत गर्नुभएको आ. व. २०७७ ७८ को नीति तथा कार्यक्रमको पस्तुत अंशको भिडियो हेर्नु होला ।


उपप्रमुख दुर्गामाया तामाङले बजेट प्रतुत गर्ने क्रममा सथनीयवासीको इच्छा, आकांक्षा र आवश्यकतालाई संवोधन गर्दै “रोकौ महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वरोजगार” भन्ने तेमाल गाउँपालिकाको मूल नारालाई मूर्त रुप दिदैं स्थानीय सरकारको आभाष तेमालवासीमा गराउनको लागि सामाजिक आर्थिक विकासको ढाँचामा तेमाल सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।


तेमाल गाउँपालिकामा उप प्रमुख दुर्गामाया ताामाङले प्रस्तुत गर्नु भएको बजेटको भिडियो हेर्नु होला ।

कार्यक्रममा तेमाल गाउँपालिकाको प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष ज्ञान बहादुर तामाङले सभालाई स्वागत गर्दै तेमाल गाउँपालिकालाई समद्व बनाउन सबै एक हुनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत लक्षण कुईँकेलले सर्वसहमतीमा बजेट पास भएको हुनाले कार्यन्वयन गर्न पनि सजिलो हुने बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »