सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकाकाे भदाै १ देखि विद्यालय संचालन गर्ने याेजना सफल हाेला ?

काठमाडाैँ। काभ्रेकाे तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकहरूलाई भदाै एक गते देखि विद्यालयमा उपस्थित हुनाका लागि सचना जारी गरेकाे छ। यसरी बाहिरबाट अाएका सम्पुर्ण शिक्षकहरूलाई होम क्वारेन्टिनमा बसाउने भएको छ। गाउँपालिकाले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेपछि गाउँपालिकाले जिल्ला बाहिर गएका आफ्ना शिक्षकलाई साउन २० गतेभित्र गाउँपालिका आइपुग्न आग्रहसमेत गरेको हो।

‘होम क्वारेन्टिन बसाइपछि स्वास्थ्य परीक्षण गरेर मात्र शिक्षकलाई विद्यालय पठाइनेछ’, गाउँपालिका अध्यक्ष सलामसिं तामाङले भने। उनका अनुसार अगामी भदौ १ गतेबाट कारोना भाइरस संक्रमणरहित शिक्षकले विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण तथा अन्य कार्य क्रमैसँग सञ्चालन गरिनेछ। साथै गाउँपालिकाले विद्यालयमा व्यवस्थित गरिएको क्वारेन्टिन सबै वडा कार्यालयको समन्वयमा अन्यत्र सार्ने योजना बनाइने जनाएको छ।

सरकारले गत बिहीबार आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि काभ्रेपलाञ्चोकका क्वारेन्टिन व्यवस्थित गरिएका विद्यालय खाली गरिने भएको छ। बाँकी दुई हप्ताका अवधिमा विद्यालयबाट क्वारेन्टिन सार्ने प्रक्रिया अबलम्बन गर्न एक÷दुई दिनमै छलफल गरिने जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सरकारले विद्यालयबाट क्वारेन्टिन हटाउन तथा अब विद्यालयलाई क्वारेन्टिन नबनाउने निर्णय गरेपछि जिल्लास्थित सुरक्षा निकाय तथा स्थानीय तहका सरोकारवालासँग केही दिनमै छलफल गरी सार्न थालिने बताए। उनले भने, ‘एक÷दुई दिनमै छलफल गरी अन्यत्र व्यवस्थित गर्नेबारे निर्णय गर्नेछौँ।’

तेमाल गाउँपालिकाले यसरी सूचना प। काशित गरे विद्यालय संचालन गर्ने निर्णय सुनेपछि बाहिर जिल्लामा रहेका शिक्षकहरूले सामाजिक संजालबाट गुनासाे गरेका छन। यसरी गुनासाे गर्नेमा तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेल पंच कन्या उमाविका शिक्षक गाेविन्द झा पनि एक हाे

उहाँले सूचना प। काशित हुन साथ सामाजिक संजालकाे कमेन्टमा लेख्नु भएकाे थियाे, ”बाहिर जिल्लाबाट काठमाडाैंसम्म आउनका लागि सवारी साधन नै सरकारले संचालनमा ल्याएकाे छैन, म कसरी आउने हाेला। यसबारे केही साेच्ने कि ?”

भर्खरै

सम्बन्धित खबर

Language »