सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर लामाको प्रमुख आतित्थ्यतामा पुनः तार्जगी तालिम सम्पन्न

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाले अध्यक्ष चन्द्र बहादुर लामाको प्रमुख आतित्थ्यतामा “हाम्रो समस्या,हाम्रै समाधान” भन्ने मुल नारालाई सार्थक बनाउन न्यायिक समिति तथा मेलमिलापकर्ताहरुका लागि पुनः तार्जगी तालिम र परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उपप्रमुख दलमान थोकरको सभापतित्वमा फागुन २६ गते शुक्रबार सम्पन्न भएको कार्यक्रममा तेमाल गाउँपालिकाको कानुनी सल्लाहकार तथा अधिवक्ता देवकुमार मोक्तान र अधिवक्ता उमा थापाले सहभागीहरुलाई डिजिटल प्रविधिको प्रयोग गरि प्रशिक्षण दिएका थिए ।

तेमाल गाउँपालिकाको कानुनी सहजकर्ता सरस्वती त्रिपाठ्ठीले कार्यक्रम संचालनमा सहजीकरणको भुमिका निर्भाह गरेका थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, वडा अध्यक्षहरुमा वडा नं. ५ को वडाअध्यक्ष हजार सिं तामाङ, वडा नं. ७ को वडा अध्यक्ष तथा तेमाल गाउँपालिकाको प्रवक्ता इन्द्रलाल तामाङ, वडा नं. १ को वडा अध्यक्ष इन्द्र बहाद अधिकारी र तेमाल गाउँपालिकाका मेलमिलाप सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »