सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकामा ब्यूटिपार्लर तालिम सुरु

तेमाल । तेमाल गाउँपालिकाले महिलाहरुका लागि ब्यूटिपार्लर तालिम सुरु गरेको छ । एक महिनासम्म चल्ने तालिमको आज पालिकाका प्रमुख सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गा माया तामाङले शुभारम्भ गर्नुभएको हो ।

सीप मार्फत उद्यमी बनाउने उद्देश्ले पालिकाले महिलाहरुका लागि ब्यूटिपार्लर तालिम सञ्चालन गरेको जनाएको छ । पालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा विभिन्न वडाका २० जना महिला सहभागि रहेको पालिका प्रमुख सलाम सिंह तामाङले जानकारी दिनुभयो ।

यसैगरी पाँचखाल नगरपालिका वडा नम्बर ३ मा पनि आज बाट ब्युटिसीयन तालिम सुरु भएको छ । वडा नम्बर ३ कै २५ जना भन्दा बढी महिला तालिममा सहभागी भएको वडा अध्यक्ष सुन्दर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुासर तालिमका लागी वडाले साँढे दुई लाख कम बिनियोजन गरेको छ । तालिम ४५ दिन सम्म चल्ने छ । यस्तै, नगरपालिकाले दिएको हाउस वाईरिङ सम्बन्धी सीपमुलक तालिम आज सकिएको छ । तालिममा नगरभित्रको सबै वडाबाट दुई दुई जना महिला र पुरुष सहभागि भएको नगरका उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । तालिम पाँच दिन सम्म चलेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »