सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिका वडा नं. ५ मा मानव कंकाल फेला

काठमाडाैँ । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ मा मानव कंकाल फेला परेको छ । पोखरीनारायणस्थानको कुलकुटे जंगलमा उक्त कंकाल फेला परेको हो ।

स्थानीयबासीबाट मानव कंकाल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक गोविन्दप्रसाद अधिकारी नेतृत्वको टोली घटनास्थलमा पुगेका थिए । बुधबार दिउँसो मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी निरिक्षक अधिकारीले मानव कंकाल भेटिएको स्थानमा पुगी आवश्यक मुचुल्का उठाएको बताइएको छ । उक्त मानव कंकालको परीक्षणका लागि कुन अस्पताल पठाउने तयारी भएको अधिकारीले जानकारी दिए ।

उक्त शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान कार्य अगाडि बढाइ सकिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »