सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँ पालिकाले भोलि देखि कोरोना भाइरस सम्बन्धि जनचेतना फैलाउँदै

तेमाल गाउँ पालिकाका अध्यक्ष सलाम सिं तामाङको संयोजकत्वमा भोलि चैत्र ३ गतेदेखि चैत्र १० गतेसम्म कोरोना भाइरस सम्बन्धि सचेतना जगाउने कार्यक्रम गर्ने भएको छ ।

तेमाल गाउँ पालिकाको प्रत्येक वडामा वडाध्यक्ष संयोजक रहने गरी कोरोना भाइरसले आम मानिसमा जसरी त्रास फैलाएको छ त्यसको भ्रम चिर्न पनि यो कार्यक्रम गर्न लागिएको हो । वडाका सम्पूर्ण वडाध्यक्ष संग परामर्श गरि यो महामारीबाट बच्न सजगता एवं सतर्कताको लागि यो जनचेतनामूलक कार्यक्रम गर्न लागिएको तेमाल गाउँ पालिकाका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष ज्ञानबहादुर मोक्तानले सारा खबरलाई बताउनुभयो ।

साथै वडाका सम्पूर्ण कर्मचारी र वडा सचिवहरूलाई आवश्यक भन्दा बढी बिदा नलिन पनि अपिल गरेका छन् । कर्मचारी बिदामा बस्दा यस्ता महत्वपूर्ण कार्यक्रममा बाधा,अड्चन आउन सक्ने भन्दै तेमाल गाउँ पालिकाले यस्तो निर्णय गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »