सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गापामा विद्यालय निर्मलीकरण अभियान निरन्तर, ठुलाे पर्सेलमा आइतबार देखि नै विद्यालय संचालन

काठमाडौँ । तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा असोज ४ गते देखि नै विद्यालय संचालन गरिने भएको छ ।

वडाध्यक्ष बिकुलाल तामाङ मोक्तानका अनुसार तेमाल गाउँपालिकाको निर्देशिका अनुसार असोज १ गतेबाट विद्यालय संचालन गर्नु भनेको हुनाले असोज ४ गतेदेखि नै विद्यालय संचालन गर्न लागेको जानकारी दिनुभएको हो ।

तेमाल गाउँपालिकाले विद्यालय संचालनका लागि असोज २ गतेबाट निर्मलीकरणको अभियान थालिएको छ । पाँच गते भित्रमा ४१ वटा विद्यालयको निर्मलीकरण गरिसकेर ६ गतेबाट नियमित पठपाठन सुचारु गर्ने निर्णय गरिसकेका छन् तर वडा नं. ६ ठुलो पर्सेलका वडाध्यक्ष विकुलाल मोक्तानले भने गाउँपालिकाले दिएको निर्देशन अनुरुप असोज १ गते नै ठुलो पर्सेलमा रहेका ६ वटा नै विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापक बिच छलफल गरी असोज ४ गतेबाट नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सारा खबरलाई जानकारी दिनुभयो ।

तेमाल गाउँपालिकाबाट आएको टोलीले ठुलो पर्सेलमा रहेको पन्चकन्या मा. वि., सुनकन्या मा.वि. महांकाल आधारभुत विद्यालय, निर्मला प्रा. वि., बुद्घ कोल्तोङ प्रा.वि., कालीदेवी प्रा.वि. मा निर्मलीकरण अभियान सम्पन्न गर्नुका साथै माक्स, स्यानिटाइजर, साबुन लगायत आधारभूत स्वास्थ्य सामग्री प्राप्त भएको अध्यक्ष तामाङले जानकारी गराउनु भयो ।

उहाँ भन्नु हुन्छ “तेमाल गाउँपालिकाले असोज ५ गते भित्रमा सबै वडामा रहेको विद्यालयको निर्मलीकरण अभियान सम्पन गरी ६ गते देखि विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय गरे पनि हामीले चाहिँ ४ गते देखि नै सञ्चालन गर्ने निर्णय असोज १ गते नै भएकोले त्यही निर्णय अनुसार विद्यालय सञ्चालन गर्न लागेको हो । आज निर्मलीकरण सम्पन्न भएको छ । अब विद्यालय सञ्चालन गर्न हामीलाई सहज भएको छ । त्यसैले विद्यार्थीहरूमा दुबिधा नहुन पनि मेराे अनुराेध छ । ” तेमाल गाउँपालिकाको वडाध्यक्षहरु मध्ये ठुलो पर्सेल वडा नं. ६ का वडाध्यक्ष हरेक काममा सधैँ अगाडी हुन्छ भन्ने भनाईलाई विद्यालय सञ्चालनको निर्णयले पनि फेरी प्रमाणित गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »