सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गापाले दलित विद्यार्थीहरूलाई प्राेत्साहन स्वरूप छात्रवृत्ति वितरण

काठमाडाैँ । तेमाल गाउँपालिकाले दलित विद्यार्थीहरुलाई प्राेत्साहन स्वरूप छात्रवृत्ति वितरण गरेको छ । कक्षा ११, १२ अनि व्याचलरमा अध्यनरत ३४ जना दलित छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । उनिहरुलाई प्रतिव्यक्ति नगद रु ७ हजार ३ सय ५३ का दरले जम्मा रु २ लाख ५० हजार वितरण गरिएको हाे ।

गाउँपालिकाको सबै वडामा रहेका +२ का २८ र व्याचलरमा अध्ययनरत ६ जनालाई छात्रवृत्ति स्वरुप नगद वितरण गरिएको थियाे । हाल मुलुकमा कोरोना भाईरस (कोभिड–१९) का कारण शैक्षिक संस्थाहरु बन्द भएतापनि अध्ययन अध्यापनमा सहयोग पुगोस् भन्ने अपेक्षाका साथ छात्रवृत्ति वितरण गरेको सलाम सिं तामाङले सारा खबरले जानकारी दिनुभयाे।

तेमाल गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत वितरण गरेको छात्रवृत्ति, स्थानिय सरकार गठन भएदेखि नै निरन्तर दिएको अध्यक्ष तामाङले जानकारी दिनुभयाे । गाउँपालिकाले आगिमि आर्थिक वर्ष २०७७।०७८ मा दलित उत्थानका निम्ति ५ लाख बजेट छुट्याएको छ । गाउँपालिकामा २ सय १५ दलित घर धुरीको ११ सय १४ जनसंख्या रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »