सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गापा ठुलाे पर्सेलकाे विद्यालयहरूमा वडाध्यक्षकाे तर्फबाट स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको वडाध्यक्ष विकुलाल तामाङ मोक्तानले वडामा रहेका विद्यालयहरुमा माक्स, साबुन, स्यानीटाइजर, धारा सहितको बाल्टिन, थर्मलन गण वितरण गरेका छन् ।


वडाध्यक्ष विकुलाल तामाङ मोक्तानले विद्यालयमा अध्ययरत बालबालिकाको सुरक्षाका लागि वडाले सहयोग गरेको बताउनु भयो । वहाँ भन्नु हुन्नु हुन्छ, “स्वास्थ्य र सरफाइमा हामीले नै विद्यार्थी भाई बहिनीहरुलाई सचेत गराउने हो । यसरी नै स्वास्थ्य सामाग्री विद्यार्थीको पहुँचमा पुग्ने गरी हस्तान्तरण गरे पछि विद्यार्थीमा पढ्नका लागि रुचि र हौसला मिल्नेमा मैले विश्वास लिएको छु ।”


ठुलो पर्सेलमा रहेका पंचकन्या मावि, महाँकाल आवि पकुवाल,श्री बुद्घकोल्दोङ प्रावि सानो गाउँ, निर्माला प्रावि पुर्खाङडाँडा, सुनकान्या प्रावि माथिल्लो छाप, कालीदेवी प्रावि सिंगडीछाप, बालविकास कक्षा मगरछापमा रहेका विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

यत्तिबेला विद्यर्थीहरु नै त्रासमा रहेका छन् । विद्यालय जाँदा कोरोना सर्ने हो कि ? एक प्रकारको त्रास फैलिरहेको अवस्थामा विद्यार्थीको मनोभावना बढाउनका लागि ठुलो पर्सेल वडा नं. ६ का वडाध्यक्ष विकुलाल मोक्तान तामाङले स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारी दिएको छ । हुन त ठुलो पर्सेलमा मात्र होइन तेमाल गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित बिरामी भेटिएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »