सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गा. पा.काे छैठाैं हिउँदे गाउँसभा सम्पन्न

काठमाडाैँ । तेमाल गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भएको छ । सभामा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले अर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उनले विद्यार्थीसँग पालिका कार्यक्रम अन्तर्गत कक्षा १ देखी ५ सम्मका विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको, तेमाल अभियान, प्रतिभा पहिचान कार्यक्रम सञ्चालन भएको लगायतका कार्यक्रमका बारेमा जानकारी दिएका छन् । यस्तै सुरक्षित मातृत्व अन्तर्गत अन्तर्गत ४ पटक गर्भ जाँच गराउनेलाई प्रोत्साहन, सबै वडामा नियमित आमा समुह बैठक सञ्चालनको लागि खाजाको व्यवस्था, अपांग कार्ड वितरण लगायतका काम गाउँपालिकाले गरेको उनले बताए ।

वडा स्तरीय १३४ वटा योजनाहरुको सम्झौता भएको र ती मध्ये ८ वटा योजनाको भुक्तानी भइसकेको छ । पालिकास्तरीय ११ वटा योजनाहरुको सम्झौता भएकोमा २ वटा योजनाको भुक्तानी भएको छ । तेमाल गाउँपालिका प्रवेश गर्ने प्रमुख विन्दु कालिमाटीमा प्रवेशद्धार निर्माण सम्पन्न भएको छ ।

उपाध्यक्ष दुर्गामाया तामाङले सभामा गाउँपालिकाले पहिलो ६ महिनामा भएको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पुस २२ गतेसम्म १९ करोड ९२ लाख ६ हजार ३ सय ३० रुपैयाँ आम्दानी भएको छ । सामाजिक सुरक्षा तर्फ छुट्याइएको बजेट मध्ये हालसम्म २ करोड ५२ लाख ८४ हजार ४ सय खर्च भएको उपाध्यक्ष दुर्गा माया तामाङले जानकारी दिइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »