सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गा.पा.का विदेशबाट आएकाहरुको र्यापिड टेष्ट: रिपोर्ट भने नेगेटिभ

तेमाल गाउँ पालिकाका विभिन्न वडाहरुमा विदेशबाट आएकाहरुको र्यापिड टेष्ट सम्पन्न भएको छ । तेमाल नारायणस्थान स्वास्थ्य चौकीका इन्चार्ज शिवहरि पाठकको स्वास्थ्य टोलीले वडा नं १,२,४ र ६ मा जम्मा १३ जनाको र्यापिड टेष्ट गरिएको हो ।

तेमाल गाउँ पालिका वडा नं-६ मा पनि विदेशबाट आएकाहरुको र्यापिड टेष्ट गरिएको वडाध्यक्ष बिकुलाल मोक्तान तामाङले जानकारी दिनुभयो । वहाँका अनुसार आशालाल तामाङ वर्ष ३९ को ओमानबाट फर्किएका हुन् । त्यसैगरी पँधेरो टोल निवासी प्रकाश तामाङ वर्ष १८ को दार्जिलिङबाट फर्किएका हुन् भने मोक्तान टोल निवासी विकास तामाङ (प्रताप) वर्ष ३७ को मलेसियाबाट फर्केका थिए । वडाध्यक्ष बिकुलाल मोक्तान तामाङको अनुसार वडा नं-६ ,ठुलोपर्सेलमा वैदेशिक रोजगारबाट ५ जना मध्ये दुई जना अर्थात् सोनाम लामा भक्तपुर र सोफिया लामा काठमाडौँमा नै रहि टेष्ट गरिएको र रिपोर्ट भने नेगेटिभ नै रहेको वडाध्यक्ष बिकुलाल मोक्तानले बताउनुभयो ।

तेमाल नारायणस्थान स्वास्थ्य चौकीका इन्चार्ज शिवहरि पाठक र ल्याब टेक्निसियन मायालु लामा लगायतका स्वास्थ्य टोलीले वडा नं-१ सर्स्र्युंखर्क, आधाबाटोमा ४ जना, वडा नं-२ आधाबाटो, च्युखामा ५जना, वडा नं-४ बोल्देफेदिचेमा १ जना र वडा नं-६ ठुलो पर्सेलमा ३ जना गरी जम्मा १३ जनाको र्यापिड टेष्ट गरिएको तर रिपोर्ट भने नेगेटिभ नै रहेको स्वास्थ्य इन्चार्ज शिवहरि पाठकले जानकारी दिनुभयो ।

यसैगरी अरु बाँकी वडामा पनि विदेशबाट आएकाहरुको र्यापिड टेष्ट गरिने पनि स्वास्थ्य इन्चार्ज शिवहरि पाठकले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »