सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गा.पा.मा लक्ष्मण कुईँकेलकाे कार्यक्षमता अनि अध्यक्ष तामाङ सफलताकाे….

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईँकेलको कार्य क्षमताको कारणले अध्यक्ष सलाम सिं तामाङ सफलताको शिखरमा पुग्न सफल भएका छन् ।

तेमाल गाउँपालिकाले लक्ष्मण कुईँकेल सहित तीन जना प्रमुख प्रशासकीय अधिकृतसँग काम गर्ने अवसर प्राप्त भएको थियो । पहिलो प्रमुख प्रशासकीय अधिकृत सर्मिला लामिछानेको कार्यशैलीको कारणले अध्यक्ष सलाम सिं तामाङ सबैको आलोचनाको पात्र र अख्तियारको नजरमा पनि परिसकेको थियो ।

दोस्रो प्रमुख प्रशासकीय अधिकृत नविन गाङ्तानको छोटो कार्यकाल भएको हुनाले खासै टिका-टिप्पणी हुन पाएन तर अप्रत्यशित केही घट्नाहरु भएको भएता पनि बाहिर हल्लामा नआएता पनि नबिन गाङतानकै कारणले तेमाल गाउँपालिकाको केहि व्यक्तिहरुको सम्बन्ध चिसिएको समाचार विशेष स्रोतबाट प्राप्त भएको छ ।

तेस्रो प्रशासकीय प्रमुख लक्ष्मण कुईँकेल आएपछि अध्यक्ष सलाम सिं तामाङ केहि समय आफ्नै शैलीमा काम गर्न थालेका थिए तर कर्मचारीको साथ नलिई कुनै कामहरु गर्न नसक्ने भएपछि अध्यक्ष तामाङले प्रशासकीय अधिकृत लक्ष्मण कुईँकेलको साथ लिन बाध्य भएर काम गरेका थिए ।

२०७६ सालको कुनै पनि योजनामा अध्यक्ष तामाङ विवादमा मुछिएनन् । २०७७ सालको बजेट यही असार १० गते नै पारित गर्ने योजनामा अध्यक्ष तामाङ लागि परेका छन् । वडा नं. २ को वडा कार्यलय भवनको शिलान्यास गर्ने क्रममा प्रदेश सांसद रत्न ढकालले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईँकेलको खुलेर प्रशंसा गर्नु भएको थियो । कारण के थियो भने अहिले सम्म प्रदेश सरकारसँग तेमाल गाउँपालिकाले बजेटको माग गरेको थिएन तर अधिकृत कुईँकेलको पहलमा प्रदेश सरकारले ३ करोड बराबरको बजेट तेमाल गाउँपालिकालाई दिने भएको छ । यो प्रदेश सरकारको समपुरक र विशेष अनुदान रकम हो । यो रकम गाउँपालिकाले माग गरेमा मात्र पाउने बजेट हो । तेमाल गाउँपालिकालाई पहिलो बजेट अनुरुप प्रदेश सरकारबाट पाउने भएको छ ।

प्रदेश साँसद रत्न ढकाल भन्नु हुन्छ “ सायद तेमाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत काम गर्नु पर्छ भन्ने खालको भएर होला । उहाँले समपुर र अनुदानको बजेत प्रदेश सरकारसँग माग गर्नुभयो । उत्साह जनक कार्यका लागि प्रमुख अधिकृत लक्ष्मण कुईँकेललाई धन्यवाद दिनै पर्छ । स्थानीय तह र प्रदेश सरकार बीच तालमेल मिल्यो भने बिकासको कार्यमा कुनै ढिला सुस्ती हुँदैन तर यो भन्दा पहिला गाउँपालिकाले प्रदेश सरकारले पठाएको बजेटको के कस्तो काम भयो अत्तो पत्तो नै हुँदैन थियो । एक प्रकारको खाडल निर्माण भएको थियो । अव त्यो खाडाल पुरेको हो कि भन्ने मलाई लागेको छ ।”

कोभिड १९ रोग नियन्त्रणका लागि भनेर प्रदेश सरकारको ससर्तको बजेटलाई अध्यक्ष सलाम सिं तामाङको एक्लो निर्णयमा राहत कोष खडा गरेको थियो तर प्रमुख प्रशासकीय अधिकृत कुईँकेलले यो गलत निर्णय भएको छ भनेर सहमती नजनाए पछि अध्यक्ष तामाङले पुनः आठ लाखको कोरोना विरुद्वको अभियानका लागि भनेर कोष खडा गर्नु परेको थियो । त्यो कोषमा पनि कर्मचारी, विभिन्न सामाजीक संघ संस्था र प्रदेश सरकारले दिएको १० लाख रहत रकम गरी करिब २२ लाख राहत कोषमा जम्मा भएको थियो ।

०७६ सालको बजेट विनियोजबाट कमिकमजोरहरु सिक्दै ०७७ सालमा तेमाल गाउँपालिकालाई सुहाउँदो बजेट तयारी भइसेको र वडाध्यक्षहरु सहमत भएमा यही असार १० गतेको गाउँ अधिवेशनबाट नयाँ बजेट पारित गर्ने तयारीमा जुटेको प्रमुख प्रशासकीय अधिकृत कुईँकेलले बताउनु भएको छ ।

अन्तमाः तेमाल गाउँपालिकामा विपक्ष दलको सहभागीता कम भएको हुनाले पनि अध्यक्ष तामाङ सफलताको शिखरमा पुगेको तेमालको राजनीति बुझेका व्यक्तिहरुको दाबी रहेको छ । अध्यक्ष तामाङ निर्वाचित भएकाे तीन वर्ष पुरा भयाे तर अहिले सम्म विपक्षी दलले कुनै याेजनाकाे खुलेर विराेध गर्न सकेकाे छैन ।

अध्यक्ष सलाम सिं तामाङले प्रतिपक्षदलका नेता प्रदिप कुमार तामाङलाई वडा नं. दुईको वडा कार्यलयको उद्घाटनको क्रममा खुलेर नै तेमालको विकासमा के कस्तो भएको छ अनुगमनका लागि आउन अनुरोध गरेको छ । यसले के प्रष्ट हुन्छ भने मैले गरेको कुनै कामहरुमा खोट लगाउने ठाउँ छैन । च्यालेन्ज दिनका लागि फुटबल खेल्न ग्राउन्डमा बोएको देखिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »