सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल ठुलाे पर्सेलमा पन्च-बुद्ध निर्माण शुरू

काठमाडाैँ । काभ्रेकाे तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलमा गाउँपालिकाकाे परियाेजनामा पन्च बुद्ध निर्माण कार्यका लागि आज अध्यक्ष सलाम सिं तामाङले विशेष पुजा-आजा गरी शिलान्यास गरेका छन् ।

लामा गुरूबाट पुजा गरी ठुलाे पर्सेलकाे बसपार्कमा मुख्य सेन्टरमा पर्ने बुद्धकाे प्रतिमा निर्माणका लागि शिलान्यास गरेका हाे ।

पूर्व फर्कने बुद्ध पर्सेलकाे पुर्खाङ डाँडामा , पश्चिम फर्कने बुद्ध छापकाे रन्छिङ डाँडामा, उत्तर फर्कने बुद्ध च्यान डाँडामा र दक्षिण फर्कने बुद्ध पाेकुवालकाे बस पार्कमा निर्माण गर्ने अध्यक्ष सलाम सिं तामाङले सारा खबरलाई जानकारी दिनुभएकाे छ ।

३० लाखमा याे पन्च बुद्ध निर्माण कार्य हुनलागेकाे उपभाेक्त समितिका अध्यक्ष डेनि लामाले बताउनु भयाे ।

वडा अध्यक्ष विकुलाल तामाङले ठुलाे पर्सेलमा पन्च बुद्ध निर्माण कार्य सम्पन्न भएपछि धार्मिक रूपमा ठुलाे पर्सेलकाे अलग पहिचान स्थापित हुने धाराणा व्यक्त गर्नुभयाे । करिब ३०० वर्ष पुरानाे मल्ल-कालिन गुम्बाकाे इतिहास अहिले पनि ठुलाे पर्सेलमा जीवितै छन् ।

२०७२ सालकाे भुकम्पबाट उक्त गुम्बालाई सामान्य क्षति पुगेकाे थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »