सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल बासीमा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङकाे विशेष अनुराेध

तेमाल गाउँपालिकामा बसाेबास गरिरहेका आमा बुबा, दाजुभाई तथा दिदीबहिनीहरूमा
नमस्कार, फ्याफुल्ला ।

काेराेना भाइरस अर्थात काेभिड-१९ काे त्रासका कारणले नेपाल सरकारले २०७६ चैत्र १० गते मंगलबार देखि चैत्र १८ गतेसम्मका लागि नेपालकाे सातै प्रदेशमा लागू हुनेगरि घाेषणा गरिएकाे ”लकडाउन” कार्यक्रमलाई सफल तुल्याउन तेमाल गाउँपालिकाले पनि गाउँपालिकालाई लकडाउन घाेषणा गरिसकेकाे छ ।

स्थानीय एन र कानुनी अधिकारलाई प्रयाेग गरी घाेषणा गरिएकाे याे ”लकडाउन” कार्यक्रमलाई सफल पारिदिन म सम्पुर्ण तेमाल बासीमा हार्दिक अनुराेध गर्न चहान्छु ।

नेपालबाट काेराेना भाइरसलाई मुक्त गर्नाका लागि र तेमाल गाउँपालिकामा त्यस खालका कुनै पनि भयबह अवस्था सृजना नहाेस भनेर तेमाल सरकारले लकडाउन घाेषणा गरेकाे हाे । गाउँपालिकाले ताेकिए अनुसार चैत्र १८ गतेसम्मका लागि आफ्नाे घरबाट बाहिर ननिस्कनलाई सम्पुर्ण तेमाल बासीमा विशेष अनुराेध गर्न चहान्छु । याे दुःखद अवस्थामा तपाइ हामीले नै याे राेगसँग लड्ने क्षमताकाे विकास गर्नुकाे विकल्प छैन ।


गाउँघरमा रहेका स्थानीय चिया पसल वा हाेटहरूमा भीड नगरी आफू पनि बचाऔं र अरूलाई पनि बचाउनका लागि घरबाट ननिस्कन गाउँपालिकाकाे विशेष अनुराेध छ ।

सामान्य रूघाखाेकी , जराे वा कुनै समस्या भएमा तेमाल गाउँपालिकाले ताेकिएकाे स्वास्थ्य चाैकीमा सम्पर्क गरी तत्काल उपचार गर्नका लागि पनि अनुराेध गर्दा छाै र त्यस्ताे कुनै प्रकारकाे स्वास्थ्य सम्बन्धी समस्या भएमा मेराे निजी माेबाइल नं ९८५१०८३९५३ मा सम्पर्क गर्नका लागि पनि तेमाल बासीमा हार्दिक अनुराेध गर्न चहान्छु । साथै तेमाल गाउँपालिकाकाे उपाध्यक्ष दुर्गा माया तामाङ, प्रशासकीय अधिकृत लक्षमण कुइकेल लगाएत सम्पुर्ण वडा अध्यक्ष र स्वास्थ्यकर्मीहरूकाे सम्पर्क नं पनि सार्वजनिक गरेका छाै ।

सम्पर्कका लागि सबैमा अनुराेध गर्दै सार्वजनिक गरिएकाे सूचना ।

तेमाल गाउँपालिकाले विपत व्यवस्थापन गर्नका लागि नै भनेर १९ लाख रूपियाँ बजेट विनियाेजन गरेकाे हुनाले याे विपतमा तेमाल गाउँपालिकाकाे जनताकाे हितमा र जनताकाे स्वास्थ्य सुरक्षाका लागि याे रकम प्रयाेग गर्ने निर्णय भएकाे छ । तसर्थ हामीले याे विपतमा याे रकमलाई प्रयाेग गर्न सकिने तेमालबासीमा जानकारी गराउन चहान्छाै ।

अन्तमा तेमाल गाउँपालिकामा, गाउँपालिका बाहिर र विदेशमा रहेका सम्पुर्ण तेमाल बासी जनतामा पनि काेराेना भाइरसबाट बच्नका लागि विशेष सावधान अप्नाउनका लागि म हार्दिक अनुराेध गर्न चहान्छु ।

सलाम सिं तामाङ
अध्यक्ष
तेमाल गाउँपालिका, काभ्रे,
बाग्मती प्रदेश ।

भर्खरै

सम्बन्धित खबर

Language »