सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल सरकारकाे पहलमा ११ वटा बसकाे व्यवस्था, ८ बजे स्वयम्भुबाट बस छुट्ने

काठमाडाैँ । काभ्रेकाे तेमाल गाउँपालिकाले बैशाख ११ गते बिहिबार काठमाडाैँबाट तेमालका जनतालाई साँझ ६ पछि लैजाने भएका छन् ।

काेराेना भाइरसकाे कारण विश्व नै त्रासमा फसिरहेकाे छ । सबैजना अहिले सुरक्षित स्थानकाे खाेजिमा छन् । करिब विश्वका दुई अर्ब मान्छे हाेम क्वारेइनटाइनमा बसिरहेका छन् । यसकाे प्रत्यक्ष असर नेपाल पनि भएकाे छ ।

चैत्र १० गते देखि नेपाल सरकारले लकडाउन घाेषणा गरेकाे थियाे । लकडाउन पछि सबै जना हाेम क्वा्रेइनटाइनमा नै बस्दै आइरहेका थिए तर आम जनताले आफ्नाे घर जाने इच्छा देखाए पछि स्थानीय सरकारसँग समन्वय गरी काठमाडाैँबाट लैजाने व्यवस्था गरेकाे थियाे । साेही अनुरूप तेमाल सरकारले पनिआफ्नाे जनतालाई लैजानका लागि बिहिबार ११ वटा बसकाे व्यवस्था गरेकाे छ ।

साँझ ६ बजेपछि चाबिहलचाेक, नारायण गाेपल चाेक हुँदै स्वयम्भुमा जम्मा हुने र काेटेश्वरबाट सातदाेबाटाे, कालिमाटी, कलंकी हुँदै स्वयम्भुमा नै जम्मा भएर प्रत्यक वडाका लागि गाडी छुट्टाएर पठाउने व्यवस्था रहेकाे सारा खबरकाे प्रत्यक्ष प्रसारणमा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताउनु भएकाे छ ।

उहाँका अनुसार तेमाल जाने जाे काेहीकाे पनि स्वास्थ्य चेक जाँच गर्ने, स्यानीटाइजर, माक्स अनिवार्यरूपमा लागउनु पर्ने छन् ।


करिब ८ बजे स्वयम्भुबाट बस तेमालका लागि प्रस्थान हुने पनि उहाँले बताउनु भएकाे छ ।

भिडियाे सम्वाद यस्ताे छ ।

https://www.facebook.com/SaraKhabarNepal/videos/2699842560338217/?__xts__%5B0%5D=68.ARDtXd6Yw1zdUPge1xH1GYp8XgyJdWAALq_lyvOB1t099elGnDi8C-z3yQ6Octcva6xBTqSHeHUajm7xy3Dd0sl4M_tjJW2eEcqgjVTu3AGyVUHtQBrumQQYotACX_WEufKXKYbXTK1B-m8Ziy6W7Vvk2NkgdOX9bK_UmkfP7Dq72bGKBNG5UoAi04KM0fEtB46dSEUEL0IcUfUr1ehIOKLKsRUl4nuL0KtHU_yL2RbJEtXrQhC_TQoAFewRD9a3l42PDM3KMNRE65Qwv81DOZOq80SlgT0mb4olUm-Nj1R-W94cShJQg8GEzq4QqCTIPiWhYmdEze-V67B_SbEBE99WJbuBjNdGG43cng&__tn__=-R

भर्खरै

सम्बन्धित खबर

Language »