सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल सरमथलीमा कांग्रेसलाई धक्का, एमालेलाई शाख जोगाउन गाह्रो

काठमाडौँ । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ३ सरमथलिमा नेकपा (एकिकृत समाजवादी) को केन्द्रिय सदस्य, वागमती प्रदेश कमिटीको उपाध्यक्ष, काभ्रे जिल्लाको इन्चार्ज, काभ्रे जिल्ला कमिटीको अध्यक्ष टोक बहादुर वाइवाको प्रमुख आतित्थ्यतामा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमको सभापति पर्शुराम पन्तको अध्यक्षतामा ३९ सदस्य कमिटी गठन गरेको छ । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ३ सरमथली नेपाली कांग्रेस र माओवादीको राम्रो संगठन भएको वडाकोरुपमा चिनिन्छ तर पर्शुराम पन्त नेपाली कांग्रेसबाट नेकपा(एकिकृत) समाजवादीमा प्रवेश भएको हो । अहिले पुर्शराम पन्तको नेतृत्वमा सरमथलीमा वडा कमिटी गठन गरेको हो । तेमालमा ठुलो पर्सेल वडा नं. ६ ठुलो पर्सेलबाट समाजवादीको लहर शुरु भएको थियो । अहिले वडा नं. ३, ४, ७ मा पनि शुरु भएको छ । यो प्रदिप कुमार तामाङको राम्रो नेतृत्व तथा कुशल पक्षको रुपमा धेरैले मुल्याङ्कन गरेका छन् ।

नेपाली कांग्रेस परित्याग गरी (एकिकृत समाजवादी) मा प्रवेश गरेका ३५ जना, नेकपा (एमाले) परित्याग गरी १५ जना युवाहरुलाई प्रमुख अतिथि टोक वहादुर वाइवा र विशिष्ट अतिथि बसुन्धारा हुमागाँईले टिका र खाता स्वागत गरेका थिए ।

कार्यक्रमा विशिष्ट अतिथि बसुन्धार हुमागाँई , काभ्रे जिल्ला कमिटीको सचिवालय सदस्य तथा तेमाल गाउँपालिकाको इन्चार्ज कुवाङच्यु लामा, सचिवालय सदस्य तथा तेमाल गाउँपालिकाको अध्यक्ष प्रदिप कुमार तामाङ जिल्ला कमिटी सदस्य तथा नमोबुद्घ नगरपालिकाको प्रवक्ता तथा वडा नं. ६ को वडा अध्यक्ष डिल्ली पर्साद आचार्य, युवा संघ केन्द्रीय कमिटीको सदस्य तथा जिल्ला कमिटी सदस्य समिप त्रिपाठी, जिल्ला कमिटी सदस्यहरु सीजन लामा, शंकर त्रिपाठी, सुर्य लामा, समाजसेवी तथा काभ्रे जिल्ला कमिटी सदस्य पाल्साङ मोक्तान, तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको वडा कमिटीको अध्यक्ष सुर्य बहादुर तामाङ, काभ्रे काठमाडाैँ सम्पर्क मञ्चकाे सहसचिव अच्युतराज पन्त, युवा संघकाे केन्द्रिय सदस्य बुद्ध लामा लगाएतका व्यक्तिहरु अतिथिको रुपमा रहेका थिए ।

स्वागत मनतव्यको क्रममा नेकपा (माओवादी)बाट सरमथली वडा नं.को वडा सदस्यमा जितेका चन्द्र तामाङले वडा अध्यक्ष विष्णु बहादुर लामाले एक्लो आफु खुशी वडाको बजेट चलाएकोमा विमती पोखेका थिए । उहाँ भन्नु हुन्छ । “वडामा कति बजेट आउँछ । हामी वडा सदस्यहरुलाई थाहा नै पाउदैन । हुन त उहाँ मेरो मामा पनि हो । हामी मामा भन्जा हो साइनोमा तर मामाले एक्लो तरिकाले वडाको बजेट चलाउछन् । यो त अत्ति भयो नी ।” ।

वडा अधिवेशनलाई शुभकामना दिदै वडा नं. ३ सरमथलीको वडा कमिटीको अध्यक्ष रेशम लामाले आउँदो चुनावमा सहकार्य गदै अगाडी बढ्ने प्रतिबद्घताका साथ शुभकामना दिएको थियो । यसैगरी तेमाल गाउँपालिका वडा नं. ६ को वडा कमिटीको अध्यक्ष सुर्य बहादुर तामाङले भविष्य कोर्ने कलम चिन्न बोकेको पार्टी एकिकृत समाजवादीको नै तेमालमा जित हुने भएको हुनाले सरमथलीबाट समाजवादीको जितको सन्देश दिएको, यसलाई निरन्तर दिन शुभकामना दिएको थियो ।

तेमालमा विजुली बाल्नका लागि योगदान दिएका समाजसेवी तथा काभ्रे जिल्ला कमिटीको सदस्य पाल्साङ मोक्तानले समाज परिवर्तनको मुल आधार एकिकृत समाजवादी पार्टी भन्दा अन्य विकल्प नभएको जिकिर गरेको थियो ।

तेमाल गाउँपालिकाको युवा नेता तथा आउँदो चुनावमा नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रत्यासी अध्यक्ष प्रदिप कुमार तामाङले सरमथलीमा समाजवादी पार्टीको साथमा जनता उर्लेकोमा खुशी व्यक्त गर्दै भन्नु भयो । “अस्थिरता र अन्योलताको राजनीतिक सस्कारबाट समाजलाई मुक्त गर्नका लागि र समृद्घ तेमाल निर्माणका लागि अब एकिकृत समाजवादी भन्दा अन्य पार्टीको कुनै विकल्प छैन । समरथलीमा पर्शुराम पन्तको नेतृत्वमा जुन खालको वातावरण सृजना भयो । यो अत्यन्तै खुशीका सन्देश हो । अब हामीले तेमालमा नयाँ खालको शक्ति निर्माण गर्न सक्छौ भन्ने सन्देश हो यो ।”

जिल्लाका कमिटीको सचिवालाय सदस्य तथा तेमाल गाउँपालिकाको इन्चार्ज कुवाङच्यु लामाले झाल जेलको राजनीति गर्नेहरुको दिन सकेको दाबी गरेको थियो ।

बागमती प्रदेश सभाको सदस्य तथा काभ्रे जिल्ला कमिटीको उपाध्यक्ष बसुन्धारा हुमागाँईले समाजवादी विचार बोकेका सबै व्यक्तिहरु एकिकृत समाजवादीमा लाग्ने भएको हुनाले देशकै सबैभन्दा ठुला दल हुने दाबी गर्नु भयो । उहाँले आफ्नो क्षेत्र फरक भएता पनि सिमान्तकृत माझी समुदायको लागि र त्यहाँको समुदायको लागि प्रदेश सभाको सदस्य रत्न ढकालसँग समन्वय गरेर विकासका लागि पहल गरिदिने प्रतिबद्घतता पनि जानु भयो ।

प्रमुख अतिथि तोक बहादुर वाइवाले सरमथलीमा समाजवादी पार्टीको पक्षमा त्यहाँका स्थानीयको साथ र सहयोग पाएकोमा खुशी व्यक्त गर्दै भन्नु भयो । “अब तेमालमा समाजवादीको जित भयो । भयो । भयो ।” यसैगरी उहाँले सच्चा कम्युनिष्ट पार्टी भनेको एकिकृत समाजवादी पार्टी मात्र रहेको दाबी गर्नुभयो । २०७४ सालको स्थानीयको चुनावमा नेकपा (एमाले)बाट उठेको वडा अध्यक्ष फुलमाय तामाङले वडा अध्यक्षको टिकट जिल्लबाट आफैले निर्णय गरेर पठाएको हुनाले उहाँले पनि पुनःबिचार गरेर समाजवादी पार्टीमा आउन आग्रह गर्नु भयो ।

अध्यक्ष केपी ओलीको व्यक्तिगत स्वार्थको कारणले र जनताले दिएको मतको अवहेलना गरेको कारणले एकिकृत समाजवादी पार्टी जन्मेको प्रमुख अतिथि वाइवाले प्रस्टाएका थिए ।

कार्यक्रमको सभापति पर्शुराम पन्तले वडा नं. ३ सरमथलीमा मात्रै नभएर तेमालमा नै समाजवादी पार्टीले नेतृत्व गर्नेमा विश्वास्त रहेको हुनाले नै सरमथलीको जनता समाजवादीमा लागेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »