सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल स्तरीय मां. विं. हाजिर जवाफमा सर्वोद्वार मां. विं. विजय

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ सेती मां. विं. मा आयोजित माध्यामिक तहको तेमाल स्तरीय हाजिर जवाफमा सर्वोद्वार मां. विं. वडा नं. २ पहिलो हुन सफल भएको छ ।

तेमाल गाउँपालिकामा भएको दश वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको प्रतिस्पर्धात्मक हाजिर जवाफमा १२० अंक ल्याएर वडा नं. २ को सर्वोद्घार मा. वि. पहिला भएको हो । एक सय १५ अंक ल्याएर तेमाल मां. विं. वडा नं. ४ बोल्देफेदिचे दोस्रो भएको छ भने तेस्रो स्थानमा जन चेताना मां.विं. वडा नं. १ ले हासिल गरेको छ ।

स्वर्गीय लाल बहादुर तामाङको वर्षिक स्मृति दिवसको अवसरमा आयोजना गरिएको हाजिर जवाफमा तेमाल गाउँपालिकाको उप–प्रमुख दलमान थोकरले शिल विजेताहरुलाई प्रमाण पत्र र नगद प्रधान गरिएको थियो ।

पछिल्लो समयमा सरकारी विद्यालयको शैक्षिक अवस्था खस्कदै गएको छ । अष्ट्रेलियमा व्यवसायी गरिरहेका स्वर्गीय लाल बहादुर तामाङको छोरा–बुहारी राम बहादुर तामाङ र सनिका तामाङ, स्वर्गीय लाल बहादुर तामाङको छोरी पासाङ लामाको संयुक्त सहयोगमा तेमालमा रहेका विद्यार्थीहरुको बौद्घि क्षमतामा अभिवृद्घि होस् भन्ने उदेश्यले हाजिर जवाफ कार्यक्रमको आयोजना गरेको बताएको छ । राम बहादुर लामा तामाङले स्वर्गीय बुबाको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष यस्तै प्रकारका बौद्घिक क्षमता अभिवृद्घि हुने कार्यक्रमहरु आयोजना गरिरहने सारा खबरलाई जानकारी दिनुभएको छ ।

कार्यक्रममा स्वर्गीय तामाङको श्रीमती मिष्ठु माया तामाङ, काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष च्याङबा लामा, युवा व्यवसायी साङ्गे लामाको पनि उपस्थिति रहेका थिए ।

सेती देवी मां. विं. ल्होङसालको विद्यालय व्यवस्थापन समितिको सदस्य अजय कुमार तामाङको सहकार्यमा ओयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुर्य बहादुर तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयको प्रधानध्यापक दावा ध्वज तामाङले सरकारी विद्यालयको स्तर सुधार गर्नका लागि यस खालका अतिरिक्त कार्यक्रमहरुको आवश्यक्ता रहेको औलाएका छन् ।

सेती मां.विं.को शिक्षक अक्कल तामाङ र मात्रीका प्रसाद दाहालले हाजिरी जवाफ प्रतियाेगिताकाे संचालन गरेको थियो ।

प्रथम हुने सर्वोद्घार मां.विं. ले तीस हजार नगद, शिल, मेडल र प्रमाण पत्र पाएका छन् भने दोस्रो हुने तेमाल मां.विं.ले बीस हजार नगद, शलि, मेडल र प्रमाण पत्र र तेस्रो हुनेले दश हजार नगद, मेडल, शिल र प्रमाण पत्र पाएका छन् ।

एक सय पाँच अंक ल्याएर चौथो स्थान हासिल गरेका भुमे मां. विं. लाई पाँच हजार नगद र प्रमाण पत्र प्रधान गरेको छ ।

प्रमुख अतिथि दलमान थोकर ले तेमाल गाउँपालिकाको पहिलो प्राथमिकतामा सडक र दोस्रो स्थानमा शिक्षा परेको हुनाले तेमालको शिक्षा प्रणालीलाई उत्कृष्ठ बनाउन पालिका लागि परेको बताएको छ । उहाँले भन्न् भयो । “हरेक तहबाट यस प्रकारका कार्यक्रमहरु हुन आवश्यकता छन् । हरेक नागरिकको तर्फबाट यसरी शैक्षिक अवस्था सुधारका लागि साथ र सहयोग पायो भने हामीले छिट्टै उपलब्धी हाँसिल गर्न सक्ने छन् । आजयको यो कार्यक्रम गर्नु भएकोमा स्वर्गीय लाल बहादुर तामाङको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।”

स्वर्गीय लाल बहादुर तामाङको पहलमा ल्होङसालमा भएको सेती मां. विं. को स्थापना भएको थियो भने उहाँ सामाजिक र राजनीतिक कार्यमा अग्र रहेको स्थानीयले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »