सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल ८ मा नवनिर्मित गुरु रिन्पोछेको प्रतिमामा भव्यताका साथ प्राण भर्ने तयारी पूरा

काठमाडौं । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ८ मा निर्माणकार्य सम्पन्न भई  गुरु पद्म सम्भव ( गुरु रिन्पोछे) प्रतिमा प्राण- प्रतिष्ठान भर्ने (रब्ने) फागुन १७ गते बुधबार हुने भएको छ ।

श्रद्धेय धर्मगुरु क्याब्जे ढाग्री रिन्पोछेको प्रमुख आतिथ्यतामा प्राण-प्रतिष्ठान भर्ने तेमाल गाउँपालिका वडा नं. ८ काे कुमार सिं लामाले सारा खबरलाई जानकारी दिएको छ ।

तेमाल गाउँपालिकाको पहिलो जन-निर्वाचित अध्यक्ष सलामा सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङको पहलमा बजेट विनियोजित भएको थियो ।

गुरु पद्म सम्भवको यो प्रतिमा निर्माण गर्नका लागि २०७६ साल फागुन ९ गते गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङले संयुक्त शिलान्यास (सालङ) गरिएको थियो ।

तत्कालीन अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङले सो प्रतिमा स्थापना गर्नका लागि ३६,३४५५४ रुपियाँ बजेट विनियोजन गरिएको थियो भने विभिन्न व्यक्तिहरुबाट १,३८७१५ रुपियाँ र भोर्ज्याङ गुम्बा कोषबाट ४२००० हजार गरि कुल ३८,१५,२६९ रुपियाँमा गुरु रिन्पोछे को प्रतिमा सम्पन्न भएको उपभोक्त समितिका अध्यक्ष तेमाल सि तामाङले संवादको क्रममा बताउनुभएको छ ।

निर्माण सम्पन्न भए पछि टासी चुक्लाखाङ गुम्बा अध्ययन केन्द्र सँग समन्वय गरि यो विशेष प्राण भर्ने कार्य सम्पन्न गर्न लागेको उपभोक्त समितिको सचिव भोज कुमार लामाले जानकारी दिनुभयो ।

उपभोक्त समितिले खर्च विवरण यसरी सार्वजनिक गरेको छ ।

खर्चहरु
खाईबा ज्याला           =रु.१५,००,०००/-
मिस्री / ज्यामी ज्याला  = रु.४८१५००/-
कम्पाउण्ड ज्याला       = रु. ७२,०००/-
श्हुङ                           = रु. १,०७,०६५/-
रङ                             =रु.१,०३,५७०/-
कार्यक्रम खर्च               = रु. ३२१५०/-
ढुवानी                        =रु. ८८१५०/-
निर्माण सामग्री             =रु.११,७१,२०३/-
१% तथा बैंक डिपोजिट   रु. ५५०००/-
रासन                           रु. १३३८२०/-
विविध खर्च                  रु. ८०८११/-

भर्खरै

सम्बन्धित खबर

Language »