सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गरिएको -यापिड टेष्टमा ६ जनामा कोरोना पोजिटिभ देखियो

तेह्रथुम। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा दुई दिनको अन्तरालमा गरिएको -यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ ।

मेन्छयायेम गाउँपालिकामा भएको आरडीटी परीक्षणका क्रममा एक युवकमा नतिजा पोजिटिभ देखिएको दुई दिन पछि थप ५ जनामा कोरोना पोजिटिभ देखिएपछि ४ जनालाई जिल्ला अस्पतालमा राखिएको छ ।

शुक्रबारको परीक्षणमा एक महिना अघि काठमाडौं गएर मेन्छ्यायेम फर्किएका युवाको कोरोना पोजिटिभ देखिएको थियो भने शनिबार गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै शनिबार गरिएको आरडीटी परीक्षणमा थप ५ जनाको रिपोर्ट कोरोना पोजिटिभ देखिए पछि १ युवाका बुवा र आमालाई जिल्ला अस्पताल पठाईएको गाउँपालिकाका प्रवक्ता बुढाथोकीले बताउनु भयो ।

अन्य दुई जना युवाहरुलाई भने मेन्छ्यायेम गाउपालिकामा निर्माण गरिएको आईसोलेसन वार्डमा राखिएको छ । कोरोना पोजिटिभ देखिएका युवाहरु गाउमै साथीभाई र परिवारसँगै बस्दै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाँउपालिका स्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण सुरु गरेको छ । आरडीटी पोजिटिभ देखिएका युवाहरु स्थानीयवासी हुन् ।

आरडीटी पोजिटिभ देखिए पनि कोरोना सम्बन्धी कुनै लक्षण नदेखिएको जिल्ला अस्पताल तेह्रथुमले सार्बजनिक गरेको छ । ती युवाहरुको स्वाब परीक्षणको लागि कोशि अञ्चल अस्पताल विराटनगारमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले जानकारी दिनुभयो ।

मेन्छ्यायेम गाउँपालिकामा आरडीटी परीक्षणका क्रममा कोरोना पोजेटिभको रिपोर्ट आउनेको संख्या बढेपछि छिमेकी गाउँपालिका र स्थानीयतहले आफ्नो सीमानामा कडाई गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »