सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजबाटै सञ्चालन हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आज बुधबारदेखि नै क्याम्पसहरु पुनः सञ्चालन हुने बताएको छ ।

हिजाे मंगलबार सरकारले लकडाउनको अन्त्य भएको घाेषणा गरेपछि आजदेखि विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएकाे हाे ।

विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने छन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो।

मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »