सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

त्रिविले जनजीवन सामान्य भएपछि मात्र परीक्षा लिने गरी माथिल्ला कक्षामा पढाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नलिइकन माथिल्ला कक्षा पढाउने भएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार तत्काल परीक्षा लिने अवस्था नभएकाले अनलाइनमार्फत माथिल्ला कक्षा पढाउने तयारी भएकाे हाे।

‘भदौमा परीक्षा नहुने भएपछि माथिल्ला कक्षा, सेमेष्टर पढाउने निणर्य भएको छ,’ जोशीले भने, ‘परिस्थिति अनकुल भएपछि अघिल्लो कक्षा, सेमेष्टरको परीक्षा लिन्छौँ।’ जोशीले भदाै १५ गतेसम्म लामो दूरीका यातायात नचल्ने भएपछि दशैँ अघि परीक्षा हुने सम्भावना न्यून रहेको बताए।

लकडाउनका कारण स्थगित भएका र अन्तिम वर्षका विद्यार्थीलाई पहिलो प्राथमिकता दिएर परीक्षा हुनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »