सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थपियो सञ्चार मन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य मन्त्री भानुभक्त ढकालको जिम्मेवारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको जिम्मेवारी थपिएको छ ।  सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै आएका थिए ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको थप जिम्मेवारी हेर्ने गरी तोकेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »