सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौँ। नेपालमा फेरी शुक्रबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ ।

शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

रुपेन्देहीका युवाको भैरहवास्थित क्षेत्रीय प्रयोगशालामा र बाँकेका ५० वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि दुवै जनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा पठाइएको अस्पतालले जानकारी दिएको छ ।

बुटवल स्थित कृष्ण पाण्डेका अनुसार रुपन्देहीको युवा भने केहि समय पहिले स्थानीय कवारेन्टाइनमा बसेका थिए र उनको भैरहवा स्थित क्षेत्रीय प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको मन्त्री चौधरीले बताउनु भयो । संक्रमित दुवै जना मुस्लिम समुदायका पुरुष भएको बुझिएको छ।

नेपालगञ्ज र रुपन्देहीका एकएक जनामा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । १६ जना भने निको भएर घर फर्किएका छन् । अन्य बिरामीको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »