सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ११८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,६४९ पुग्यो

काठमाडौं / २६ असार
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो।

नेपालमा हालसम्म ८ हजार ११ जना उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै १२० डिस्चार्ज भएका छन्। अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्।

यस्तै हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्। देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »