सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १२ सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ हजार ५७३ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५९ हजार ५ सय ७३पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४१ जना रहेका छन्।

यस्तै होम आइसोलेसनमा ८ हजार ३३८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन्।

त्यस्तै, हाल क्वारेन्टाइनमा रहेनेको संख्या सात हजार ८२० रहेको जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ। यो ७२ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »