सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २४१,थप १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ।

२०,०९८ जना क्वारेन्टाइनमा भएको डा जागेश्वर गौतमले बताए।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १५६ जना डिस्चार्ज भएका छन्।

यो संगै अहिले सम्म १२,८४० जना डिस्चार्ज भएका छन्

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण बिहीवार थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज –६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »