सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३३६ पुगेको छ ।

१० वटा जिल्लाका ३ महिला र ११ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीमा ४३ वर्षीय पुरुष, पर्सामा ७८ वर्षीया महिला, काठमाडौंमा ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

त्यस्तै, भक्तपुरमा ७२ र ३८ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीया महिला, स्याङजामा ८५, गोरखामा ४५, कास्कीमा ५१, रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसंगी देशभर कुल संक्रमितको ५३ हजार १२० पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »