सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १४ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या५६ हजार ७८८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५६ हजार ७ सय ८८ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेका छन्।

यस्तै होम आइसोलेसनमा ७ हजार ६४० रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्।

त्यस्तै, हाल क्वारेन्टाइनमा रहेनेको संख्या सात हजार २५० रहेको जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा एक हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ५०२ पुगेको छ। यो ७१.५ प्रतिशत हो।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »