सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकै दिन ५० जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । आज विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः २० संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ८२ हजार १ सय १६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४२ हजार ४ सय ८८ परीक्षणहरु गरिएका छन् ।

शुक्रबारको अपडेटमा क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ४३३ जना रहेका छन् । उनीहरु सबै पुरुष भएको बताइएको छ । यस्तै निको हुनेको संख्या ७० पुगेको छ । डिस्चार्ज हुनेमा महिला ९ जना र पुरुष १२ जना रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »