सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप २ जनाको कोरोना बाट मृत्यु : मृत्यु हुनेको २६ पुग्यो

काठमाडौं / ११ असार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार राति एक र बिहीबार बिहान एक गरेर दुई जनाको मृत्यु भएको हो।

कोरोना संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको हो।स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए। उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो। त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ। उनको भने ट्राभल हिस्ट्री छैन।

त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका चितवन स्थायी घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो।

मृतक ५० वर्षीय पुरुषको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो। नर्भिक अस्पतालमा उपचार गराइरहेका ति पुरुषमा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पताल ल्याइएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »