सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप २ हजार ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुग्यो

काठमाडौं। मुलुकमा थप २ हजार ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

त्यस्तै यस दिन १ हजर ५५२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट ७५ हजार ८०४ जना निको भएको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ। थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »