सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ३२३ कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो।

मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला महिलामा कोरोना पुष्टि भएको हो। कोरोनाका कारण नेपालमा १४ जनाको मृत्यु भइसकेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »