सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ४५१ जनामा संक्रमण,नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो

काठमाडौं । सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जानकारी दिए। २४ घण्टामा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३ हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा रहेका छन्। सोमबार थप ४९९ जना रेडजोनमा परेका छन्।

यस्तै सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए । यो सहित हालसम्म १ हजार ४१ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ९३७ पुरुष र १०२ महिला छन्।

भर्खरै

सम्बन्धित खबर

Language »