सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ५५४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं / १३ असार

पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।

मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कुल संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष गरे १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरेर १३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »