सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ५ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङका २ जना, सर्लाही, धनुषा र सप्तरीका एक-एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतका जानकारी दिए ।

उनका अनुसा मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ देखिएको हो ।

मोरङका एक ४५ वर्षीय अर्का पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको छ ।

त्यस्तै, धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको र उनका पनि कोरोना देखिएको हो ।

उनको साउन १७ बिहान ३: ४८ बजे उनको निधन भएको हो ।

त्यस्तै,सप्तरीमा ४२ वर्षीय पुरुषको साउन २१ गते राति निधन भएको छ ।

हालसम्म कुल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »