सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८

काठमाडौं / १० असार

मुलुकमा थप ६ सय २९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय २९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको जानकारी दिए।

अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ ।

कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् । बुधबार मात्र ११४ जना डिस्चार्ज भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »