सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ९७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ हजार २३६ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेका छन्। अहिले संस्थागत आइसोलेसनमा ९ हजार ६९ रहेका छन्।

हाल क्वारेन्टाइनमा रहेनेको संख्या ४ हजार ७३९ रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर १७ सय ३६ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने ३० हजार ६ सय ७७ पुगेको छ । यो ६५ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »