सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या ६ सय ४५ पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय ४५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, वागमती प्रदेशको काठमाडौंमा ७१ वर्षीया महिला र ६३ र ६७ वर्षीय पुरुषको ज्यान गएको छ ।

उता, ललितपुरमा ५० वर्षीय पुरुष र चितवनमा ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको रुपन्देहीमा ७४ वर्षीय पुरुषको ज्यान गएको छ । मृतक बढीरहँदा संक्रमित हुनेबाट मृत्युको प्रतिशत ० दशमलव ५८ प्रतिशत छ ।

भर्खरै

सम्बन्धित खबर

Language »