सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थोरै लगानी,राम्रो चलचित्र “हाल्छे सोजी चु माया”

काठमाडाैँ । थोरै लगानी गरेर तामाङ चलचित्र क्षेत्रमा राम्रो चलचित्र निर्माण गर्न सकिन्छ भन्ने “हाल्छे सोजी चु माया”को टिमले सन्देश दिएको छ ।

पेमा लामाको लगानीमा निमा लामाको निर्देशनमा निर्माण भएको चलचित्र “हाल्छे सोजी चु मामा” चलचित्र बिकास बोर्डको हलमा च्यारीटी शो सम्पन्न भएको छ । हिमालयन छुल्टिम कार्पेटको संचालक तथा समाजसेवी छेवाङ लामाको प्रमुख आतित्थ्यतामा कार्यक्रम हुने भनिएता पनि प्रमखु अतिथि उपस्थित हुन सकेको थिएन । विशेष अतिथि रुप बहादुर स्याङतबाट शुरु भएको कार्यक्रममा तामाङ कलाकार संघको उपाध्यक्ष विशाल काल्तन, तामाङ चलचित्र जगतको महानायक अमिर दोङ, तामाङ चलचित्र संघ नेपालको केन्द्रीय सदस्य टुल्साङ मोक्तान, विनायक लोप्चन, तामाङ चलचित्र संघ बागमती प्रदेशको महासचिव दावा फिन्जो तामाङ, लगाएतका व्यक्तिहरु अतिथिमा रहेका थिए ।

नमोबुद्ध न्युजको पत्रकार तथा भक्तपुर तामाङ पत्रकार संघको महासचिव छेडुप दोङ तामाङले औपचारिक कार्यक्रम सचालन गरेको थियो ।

भदौ १९ गते भएको पत्रकार सम्मेलनमा निर्देशक निमा लामाले तामाङ चलचित्र क्षेत्रमा अहिलेसम्मको थोरै लगानीमा निर्माण भएको चलचित्र भनेर जानकारी दिएको थियो । करिब ८ लाख देखि ९ लाखमा निर्माण सम्पन्न भएको यो हेरि सकेपछि तामाङ चलचित्र क्षेत्रमा थोरै लगानी गरेर गुणस्तर र राम्रो चलचित्र निर्माण गर्न सक्ने प्रमाणित गराएको छ ।

“हाल्छे सोजी चु माया” तामाङ चलचित्रको कथा वस्तु फितलो नै छन् तर दुई घन्टा हलमा बसेर चलचित्र हेर्न अल्छी लाग्ने प्रस्तुती भने छैन ।

तामाङ समुदायमा भुगोल अनुसार बोलिचालीको भाषा फरक फरक रहेको छ । यो चलचित्र तराई भुगोलमा बसोबास गरेको तामाङहरुले निर्माण गरेको कारणले यहाँ पहाडी भुगोलमा वा हिमाली भुगोलमा बोलिने भाषामा केही मात्रमा मिल्दैन ।

“हाल्छे सोजी चु माया” तराईकै तामाङ समुदायको एक परिवारको विषय वस्तुलाई लिएर चलचित्रको दृश्य वा कथा शुरु हुन्छ । गाउँबाट शहरको कथा शुरु भएपछि उठान गरेको कथाको मर्म लेखकले बिर्सेको हो कि चलचित्र हेरेर बाहिर निस्केपछि लाग्न सकिन्छ । करिब दुई घन्टा लामो “हाल्छे सोजी चु माया” चलचित्रमा कलाकार सुनलाल वाइवाको अभिनय उत्कृष्ट छन् । उनले गरेको अभिनय हेरेर दर्शकहरु पेट मिचिमिचि हास्ने छन् ।

नायक कृष्ण लामा, अजेस लामा, नायिका अभिना गोले, निर्मला मोक्तानको अभिनयलाई हेरेर यो चलचित्रमा आन्नद लिन सकिनेछन् ।

तामाङ चलचित्रमा सुधार गर्न नसकेको विषय वस्तु ।

तामाङ चलचित्र कर्मीहरुले निर्माण गरेको चलचित्रमा गुण्डाको रोलमा देखिएको व्यक्तिहरु प्राय लामो लामो कपाल पाल्ने, ठुला ठुला पाखुरा भएका, हातमा विभिन्न प्रकारका औठी लगाउने आदि रुपहरु देखाएर गुण्डाको अभिनय गराएका हुन्छन् । यो चलचित्रमा पनि त्यही दृश्य देख्न सकिनेछन् ।

गुण्डा वा नकरात्मक रोलमा खेल्ने व्यक्तिको आँखा ठुला अथवा लामो कपाल पालेको हुनुपर्छ भन्ने मानसिकताबाट तामाङ चलचित्र कर्मीहरु मुक्त हुनपर्छ । मुख्य भिलेनको रोलमा देखिने व्यक्ति सामान्य पनि हुन सकिन्छ तर तिनको नियत कस्तो छ ? त्यस विषय वस्तुलाई पात्रको माध्यमबाट उतार्न सकेमा राम्रो हुने थियो कि ।

थोरै लगानी, राम्रो चलचित्र “हल्छे सोजी चु माया”

तामाङ चलचित्र बजारमा तामाङ चलचित्र निर्माण गर्नका लागि कम्तिमा ३० लाख बजेट हुनुपर्ने निर्देशक वा लगानी कर्ताहरुको भनाईहरु सुन्दै आइरहेका छन् । तामाङ चलचित्र “काख्रे” ५० लाख भन्दा माथि खर्च गरिएको चलचित्र भनेर हल्ला पिटिरहेका छन् तर जिम्बा फिल्म प्रोडक्सने “हाल्छे सोजी चु माया” ८ देखि ९ लाख मात्रै खर्च भएको दाबी गर्दै आइरहेको छ ।

निर्देशक निमा लामाले गीतहरु सबै मुस्ताङमा सुटिङ गरिएको छ । अन्य दृश्यहरु तराई, पहाडी जिल्लाको विभिन्न स्थलहरुमा छायाङ्कन गरेको देख्न सकिन्छ । क्यामरा क्वालीटिमा कुनै कमिकमजोर देखिदैन । यस अर्थमा थोरै लगानी तर राम्रो चलचित्र निर्माण भएको छ भन्दा फरक पर्दैन ।

भर्खरै

सम्बन्धित खबर

Language »