सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दर्शककाे मनमा डेरा जमाउन सफल हाेला त ?

काठमाडौँ । सेलो गायक तथा संगीतकार विश्व दोङ र नव गायिका तबु वाइवाको आवाजमा रहेको “मनको डेरा” म्यूजिक भिडियो चन्द्रकुमार दोङको प्रमुख आतित्थ्यतामा असोज १ गते शुक्रबार सार्वजनिक भएको छ ।

मकवनपुर जिल्लाको कुलेखानी क्षेत्रमा छायाङ्कन गरिएको यो म्यूजिक भिडियोमा गायक विश्व दोङ र नव गायिका तबु वाइवाको अभिनय रहेका छन् । नव गायिका तबु वाइवाको यो पहिलो गीत हो भने मोडलिङ क्षेत्रमा उनको यो नै पहिलो कदम हो ।

“मनको डेरा” म्युजिक भिडियोमा गायक तथा संगीतकार विश्व दोङको अभिनय कस्तो होला ? त भन्ने खुलदुली सबैलाई लागेको थियो । गायक विश्व दोङ, तामाङ समुदायमा बच्चा देखि बुढा सम्म मन पराउने चिरपरिचित कलाकार हुन् ।

यो म्युजिक भिडियोमा गायक विश्व दाङको अभिनयबाट केही न केही सिक्ने अपेक्षा गरेका हुन्छन् । किन भने म्युजिक भिडियो समाजको दर्पण हो । पत्रकार सम्मेलनलाई मिसन समृद्ध नेपालको अध्यक्ष सुदिन दोङ लामाले संचालन गरेका थिए ।

नव मोडल तबु वाइवाको लागि सांगीतिक क्षेत्रमा छलाङ मार्ने यो सुनौलो अवसर हो । दर्शकहरुले उनको यो अभिनय र सुमधुर आवाजलाई अवश्य नै मुल्याङ्कन गर्ने नै छन् ।

कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जीव वाईवाले यही असोज १६ गते हुने कलाकार संघको अधिवेशनमा उपस्थित हुनका लागि जानकारी दिदै भन्नु भयो “तामाङ लेखौं भन्ने सन्दर्भमा होस् या कुनै पनि विपत्तीको समयमा होस् तामाङ कलाकार संघ कहिले पछि हटेको छैन । अहिलेको यो अवस्थामा उभिएर बोल्न सक्नुमा हामी भन्दा अगाडीका सर्जकहरुलाई धन्यवाद दिनै पर्छ । हामीले उहाँहरुले गरेको योगदानलाई बिर्सन हुँदैन । त्यसकारण यो नेपाली गीत “मनको डेरा” पनि एक उदाहरण हो । यसले साँच्चिकै रुपमा नेपाली समाजमा हाम्रो अस्तित्वलाई उभाउने छन् ।”

यसैगरी विशेष अतिथि रोज मोक्तानले “राई, लिम्बु, अन्य जातजातिले गीत गाउँदा नेपाली गीत हुने तर हामीले गीत गाउँदा तामाङ सेलो हुने । यसले गर्दा तामाङ गीत संगीतलाई विवेद भएको छ । हामीले पनि नेपाली भाकामा गीत गाएका छौ । “मनको डेरा” नेपाली भाकामा छ ।” भन्दै गुनासो पोख्नु भयो ।

प्रमुख अतिथि, वरिष्ठ संगीतकार तथा सेलो स्वर सम्राट चन्द्र कुमार दोङले नव गायिका तथा मोडल तबु गोलेको भविष्य राम्रो भएको तर साधना गर्न भने विर्सन नहुने सुझाव दिनुभयो । उहाँले गायक तथा मोडल विश्व दोङलाई हिरोको रुपमा सम्बोधन गर्नु भएको थियो । तामाङ समुदायले गीत संगीतमा गरेको प्रगतीमा उहाँले खुशी व्यक्त गर्नु भयो ।

कस्तो छ त “मनको डेरा” ?

नेपाली म्युजिक भिडियोको क्षेत्रमा प्रतिष्पर्दा गर्नका लागि यो “मनको डेरा” म्युजिक भिडियो फितलो नै हुने छन् । गीत र संगीतमा भने कुनै कमीकमजोरी छैन । भिडियोमा गायक तथा संगीतकार विश्व दोङको आगमनलाई विशेष रुपमा हेर्ने चाहना छन् ।

नव मोडल तबु वाइवाको बारेमा अहिले नै समिक्षा गर्न मिल्दैन कि ? यो उनको पहिलो म्युजिक भिडियो हो । “मनको डेरा” म्युजिक भिडियोमा गायक गायिकाले लिप्सिङ भिडियो मात्र छायङ्कन गरेको हो कि भन्ने लाग्न सक्छ तर यो पुरा म्युजिक भिडियो नै हो । नेपाली बजारमा दैनिक म्युजिक भिडियोहरु सार्वजनिक हुने गर्दछन् । समग्रमा भन्नू पर्दा अभि लामाद्वारा निर्देशित यो म्युजिक भिडियो राम्रै बनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »