सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दर्शकले रुचाएन भिटेन र डिजे नानीलाई जापानकाे सेन्दाई शहरमा

काठमाडाैँ । गतहप्ता सेप्टेम्बर २८ का दिन जापानको सेन्दाई शहरमा “तोहोकु नेपालीज् ब्रदरस्” को मुख्य आयोजनामा चर्चित र्याप्पर समिर घिसिङ(भिटेन) र डिजे नानीको लाईभ कन्सर्ट सम्पन्न भएको छ। उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान,सेन्दाइ क्षेत्रीय कमिटि, प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी, तोहोकु क्षेत्रीय कमिटि,नेपाली जनप्रगतिशिल मञ्च जापान सेन्दाइ क्षेत्रीय कमिटि, जनसम्पर्क समिति जापान तोहोकु क्षेत्रीय कमिटि ,सुदुरपक्ष्चिम नेपाली समाज सेन्दाइ,मोना समाज सेन्दाइ, जापान नेपाली एकता समाज आदि सहयोगी संस्था रहेका थिए ।

जापानी समयअनुसार करिब २ः३० मा औपचारिक कार्यक्रम सुरू भएको थियो। कार्यक्रममा भिटेन र डिजे नानीको प्रस्तुती भन्दा अगाडी सेन्दाईमा नै रहेका केही स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो। भिटेन र डिजे नानीको कन्सर्ट हेर्न जाने दर्शकले भने असन्तुष्टी जनाएका छन। कन्सर्ट सेन्दाईको’टक् नेट् हल’मा आयोजना गरेको थियो। कार्यक्रम स्थलमा धेरै कमी कमजोरी भएको थियो। भिटेनको प्रस्तुतीमा दर्शकलाई गजल सुने झै गरेर बस्न बाध्य बनाउको थियो । कन्र्सट्को कुनै अनुभव नै भएको थिएन । भिटेन को कन्सर्टमा सोचेजस्तो रमाईलो गर्न नपाईएको दर्कशहरूले गुनासो गरेका छन।

दर्शकको उपस्थिति न्युन रहेको थियो । सय जना भन्दा कम दर्शक उपस्थिति हुँदा पनि ¥यापर भिटेनले आफ्नो प्रस्तुती दिएको थियो । जापानको सेन्दाई शहरमा धेरै नेपालीहरु अध्ययनका लागि बसेको शहर हो तर भिटेन उपस्थित कार्यक्रममा सय जना दर्शक पनि नहुनुले आयोजक प्रति कलाकारले प्रश्न उठाएको छ । बेइजेत गर्न बोलाएको वा हामीलाई शहर देखाउन बोलाएको हो ?

हजारौ दर्शकको माँझमा लाइभ कन्सर्ट गर्ने भिटेनको लागि सेन्दाई शहरमा भएको कन्सर्टले के सन्देश दियो होला ? त्यो भोलिको दिनमा भिटेनले वा डिजे नानीले बोल्ने कुरा हो । तर भिटेन र डिजे नानीलाई रुचाउने दर्शक सेन्दाई शहरमा छैन रहेछ भन्ने सन्देश प्रष्ट देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »