सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दलित महिला संघ बाँकेद्वारा दुई सय घर परिवारलाई राहत वितरण


नेपालगन्ज, डिसिएको सहयोगमा र दलित महिला संघ बाँके (फेडोको) आयोजनामा बाँकेको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा २ सय जना घर परिवारलार्ई राहत वितरण गरिएको छ ।


राहत सामाग्रीमा २५ किलो चामल, २ किलो नुन, १ लिटर तेल, २ किलो दाल, १ किलो चिनी र चाय पत्ती, लगायतका सामानहरु बैजनाथ गाउँपालिकामा ८० जना, खजुरा गाउँपालिकामा ६० जना र डुडुवा गाउँपालिकामा ६० जनालाई वितरण गरिएको थियो ।


दलित महिला संघ बाँकेद्घारा राहत वितरण गरिएको मास्क, हाईजिगं किट्स, हैण्ड सेनिटाइजर, लगायतका सामानहरु बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिका समूहहरुलाई मास्क, साबुन, किशोरीहरुलाई सेनीटाइजिगं प्याड वितरण गरिएको थियो दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनार र दलित महिला संघ बाँके की कार्यक्रम संयोजक दिलिसा गौतमले वितरण गर्नु भएको थियो ।

खजुरा गाउँपालिका प्रशासकीय अधिकृत मान बहादुर के सी , गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, बैजनाथ गाँउपालिका अध्यक्ष मान बहादुर रूचाल,बैजनाथ गाँउपालिका उपाध्यक्ष शारदा विश्वकर्मा लगायतको सहभागिता रहेको थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »