सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दश वर्षपछि सम्झनामा याेगिता माेक्तान,

काठमाडौँ । जनवादी गायिका तथा सेलो गायिका योगिता मोक्तानको सम्झनामा चैत्र २८ गते शनिबार बौद्धमा ताम्सलिङ टि.भी. र नेपाल तामाङ कलाकार संघको संयुकत आयोजनामा समृति सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ट संगीतकार तथा गायक चन्द्र कुमार दोङको प्रमुख आत्थ्यितामा सम्पन्न भएको समृति सभामा स्वर्गीय योगिता मोक्तानको आमालाई विशेष सम्मान गरेको थियो ।

स्वर्गीय योगिता मोक्तानको जिवनीमा आधारित भिडियो दृश्यहरु पनि देखाएको थियो । भिडियो दृश्य देखाइ रहदा स्वर्गीय योगिता मोक्तानको नजिकको साथी गायिका माण्डवी त्रिपाट्ठी लगाएतका सहपाठीहरुको आँखामा आशु रसाइ रहेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषदको उपाध्यक्ष टासी लामा, गायक रोज मोक्तान, लगाएतका विशिष्ट व्यक्तिहरु अतिथिको रुपमा उपस्थिति रहेका थिए भने कला संगीत जगतका सम्पुर्ण व्यक्तिहरुको उपस्थिति थियो ।

तामाङ कलाकार संघको अध्यक्ष संन्जिव वाइवाको सभापतित्वमा सम्पन्न भएको समृति सभामा ताम्सलिङ टि. भी. का पत्रकार सिंग मोक्तानले स्वागत मनतव्यको क्रममा स्वर्गीय योगिता मोक्तानकोबारेमा तयार पारिएको भडियो दृश्यकोबारेमा जानकारी दिएको थियो ।

धेरै कलाकारहरु १० वर्षसम्म कलाकार संघले स्वर्गीय योगिता मोक्तानलाई सम्झन नसकेता पनि ताम्सलिङ टि.भी. ले सम्झेर कार्यक्रम गरेकोमा धन्यवाद भन्दै कानेखुसी गरिरहेका पात्राहरु धेरै थिए ।

रसुवामा २०४० सालमा जन्मेका स्वर्गीय गायिका योगिता मोक्तान सानै उमेर देखि निडर स्वभावकी रहेकी उनको आमा निरु माया गुरुङले सारा खबरको छोटो संवादमा जानकारी दिनुभएको थियो तर २०६७ साल फागुन ५ गते गायिका योगिता मोक्तानले मृत्युकोबाटो राजेका थिए । उनको मृत्युकोबारेमा वास्तविकता खुल्न नसकेता पनि आत्महत्या गरेको पोष्टमार्टम रिर्पोटबाट पुष्टि भएको थियो ।

ताम्सलिङ टि. भी. काे संचालक प्रदिप थिङकाे विशेष पहलमा स्वर्गीय याेगिता माेक्तानकाे स्मृति सभाकाे अायाेजना गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि चन्द्र कुमार दाेङले स्वर्गीय याेगिता माेक्तानकाे सम्झनामा स्मृति सभाकाे अायाेजना गरेर ताम्सलिङ टि.भीले सर्जककाे सम्मान गरेकाेमा धन्यवाद दिनु भयाे ।

तामाङ कलाकार संघकाे अध्यक्ष संन्जिव वाइवाले प्रत्येक वर्ष यसरी नै स्वर्गीय याेगिता माेक्तानकाे सम्झनामा विशेष कार्यक्रमकाे नै अायाेजना गर्ने घाेषणा गरेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »