सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाङको बेलझुण्डी अस्पतालबाट कोरोना जितेर आठजना डिस्चार्ज

दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कोरोना जितेका उनीहरु शुक्रबार अस्पतालबाट घर फर्केका छन् ।

दाङको गढवा गाउँपालिकाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना शुक्रबार डिस्चार्ज भएका हुन् । उनीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले नेपाली खादा लगाइदिएर विदाई गरेकी थिइन् ।

संक्रमण पछि दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गरेको अस्पतालका मेसु डा. सर्वेश शर्माले बताए।
अस्पतालमा उपचाररत मध्ये ८ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । डिस्चार्ज भएकाहरु सबैलाई यही जेठ २ गते अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको थियो ।

अस्पतालमा ४० जना कोभिड- १९ संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जना डिस्चार्च भएका हुन्। उपचाररत सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको वलीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »