सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाङमा पुनः देखा पर्यो सलहको झुण्ड

काठमाडौँ / २८ असार
दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको जानकारी आएको छ।

पूरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरुले आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाएका थिए। किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको छ।

यसअघि १६ असारमा पनि देउखुरी क्षेत्रमा सलह किराले मकैबाली सखाप पारेको थियो । फेरि पनि सलह किरा आएपछि किसानहरु त्रसित भएका छन् ।

पहिले देखिएको सलहको झुण्ड भन्दा ठुलो संख्यामा देखा परेको स्थानीयको भनाई छ। करोड भन्दा बढी संख्यामा देखिएको उनीहरुको अनुमान छ।

भर्खरै

सम्बन्धित खबर

Language »