सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाङमा प्रहरी कार्यालय अगाडि नै हवल्दारमाथि चक्कु रोपियो

दाङ। जिल्ला प्रहरी कार्यालय दाङ अगाडि प्रहरी हवल्दार खडक खत्रीमाथि चक्कु प्रहार भएको छ ।

गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो ।

विवादकै क्रममा होटल साहुनीले हवल्दारलाई चक्कु प्रहार गरेकी हुन् । घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ ।

चक्कु प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै पक्षबीच भनाभन भई विवाद हुँदा ती महिलाले प्रहरीमाथि चक्कु प्रहार गरेकी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।
हवल्दार होटलमा गएर बेला–बेला खाजा खाने गर्थे । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »