सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाङको देउखुरीमा नुहाउन गएकी किशोरीमाथि प्रेमीकै अगाडी सामुहिक बलात्कार

दाङ। दाङको देउखुरीमा १७ वर्षीया किशोरीलाई चार जना मिलेर सामूहिक बलात्कार गरेका छन्।

पीडित किशोरीले दिएको उजुरीका आधारमा आरोपितमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन १८ गते पीडितबाट उजुरी आएको र त्यस आधारमा मंगलबार राप्ती गाउँपालिका–४ का २३ वर्षका इसब जिसी र १९ वर्षका भुपाल थापामगरलाई प्रहरीले पक्राउ गरेको छ। अरू २ जना फरार रहेको र उनिहरुको खोजि कार्य भई रहेको छ।

प्रहरीका अनुसार फरार हुनेमा राप्ती गाउँपालिका–४ कै २५ वर्षका अर्जुन विक र २७ वर्षका प्रकाश नेपाली छन्। पीडित पनि राप्ती गाउँपालिकाकै वडा नम्बर ३ की हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार घटना यही साउन १६ गते दिउँसो भएको हो।

त्यस दिन आफ्ना प्रेमीसँग घरदेखि केही पर सामुदायिक वन नजिकैको खोलामा नुहाउन गएको र त्यही बेला ती चार जना आएर प्रेमीलाई कुटपिट गर्दै आफूलाई सामूहिक बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन्।

नुहाएर कपडा फेर्ने बेला एक्कासि उनीहरू आएर आफूलाई बलात्कार गरेको उनको भनाइ छ।

भर्खरै

सम्बन्धित खबर

Language »